National life
cg eloctronics

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
1.4kShares
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै
muktinatha bikash bank

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हाल थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज (शुक्रवार) पनि सुनुवाइ हुँदै छ।

मङ्गलवारदेखि सर्वोच्च अदालतका न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा  सुनुवाइ जारी छ। पूर्व गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो दिन बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूको बहस गरिसकेको कारण सरकारी वकिलको बहस पनि सकिएको छ। शुक्रवार जाहेरवालाको तर्फबाट बहस हुनेछ। त्यसपछि जवाफी बहस हुनेछ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?