काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले दरबारमार्ग प्रहरी वृत्तलाई दुई थान कम्प्युटर र एक थ्री-इन-वान प्रिन्टर (स्क्यानर तथा फोटोकपीसहित) सहयोग गरेको छ।
केही दिनअघि आन्दोलनका क्रममा भएको आगजनीबाट प्रहरी वृत्तको कार्य सञ्चालन प्रभावित भएकाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मङ्गलबार वृत्त इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। सामग्री बुझ्दै इन्चार्ज श्रेष्ठले यस प्रकारको सहयोगले कार्यालय सञ्चालनमा सहज भए पनि क्षति ठूलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताउनुभयो।
आम नागरिकको विश्वास र भरोसामा १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिइरहेको सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।































