National life

साउन महिनामा मात्रै ९९.५४ ले बढ्यो अलैँची निर्यात, ३२ करोड बढी रकम भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
443Shares
साउन महिनामा मात्रै ९९.५४ ले बढ्यो अलैँची निर्यात, ३२ करोड बढी रकम भित्रियो
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट ३२ करोड १७ लाख ६१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ।

मूल्यका आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा ९९.५४ प्रतिशतले अलैँची निर्यात बढेको भन्सार विभागले उल्लेख गरेको छ । चालु आर्थिक वर्षको साउनमा भारतमा मात्रै अलैँची निर्यात भएको छ ।

Royal Enfield
nic asia capital

गत आर्थिक वर्षको साउनमा १६ करोड १२ लाख ५२ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो । साथै, गत आर्थिक वर्ष साउनमा ८७ हजार ९ सय किलो अलैँची निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा २ लख १६ हजार १५० किलो अलैँची निर्यात भएको विभागका तथ्यांक छ ।

गत आर्थिक वर्षभर ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो। २०८०/०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैँची उत्पादन हुँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?