National life

साझाको पेट्रोल पम्प अब चौबिसै घण्टा खुला रहने, उद्योग मन्त्रीले गरे उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
1.1kShares
साझाको पेट्रोल पम्प अब चौबिसै घण्टा खुला रहने, उद्योग मन्त्रीले गरे उद्घाटन
ncell

काठमाडौं। अब साझा पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने भएको छ। (आज) बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रमको उद्घाटन गरेका हुन।

अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए ।

Royal Enfield
nic asia capital

नेपाल आयल निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार देशभरि नै एउटा पालिकाभित्र कम्तीमा एउटा पम्प चौबिसै घण्टा खुला गर्ने योजना छ । यसका लागि आवश्यक तयारी पूरा गरी क्रमशः खुला गर्दै लैजाने उनको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?