काठमाडौँ। सिद्धार्थ बैंकले संस्थापक सेयर धनीहरूको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयरमा सिद्धार्थकै संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन्। यसको मूल्य भने निर्धारण गरेको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख ११ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौँमा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले एक सूचना मार्फत जनाएको छ ।

































