National life

सिबिफिनको आग्रह: अफवाहको विश्वास नगर्नुहोस् ,बैंक वित्तीय संस्थाका सूचक स्वस्थ छन्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
550Shares
सिबिफिनको आग्रह: अफवाहको विश्वास नगर्नुहोस् ,बैंक वित्तीय संस्थाका सूचक स्वस्थ छन्
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पछिल्लो केही समययता केही सञ्चारमाध्यमले बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा र विश्वसनीयतामा ठेस पुग्ने समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण गरेको छ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका रही सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौँ ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरु विरुद्धमा केही व्यक्ति समूहबाट अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण भएको र उक्त विषयमा संस्थाको ध्यानाकर्षण भएको सिबिफिनले जनाएको छ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेको सिबिफिनले उल्लेख गरेको छ।सिबिफिनले बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने गरेको पनि जनाएको छ।

Royal Enfield
nic asia capital

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा सुपरिवेक्षण तथा अनुगमन भई विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारबाही हुने व्यवस्था छ’, सिबिफिनले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक परिसूचकहरू नियममित रुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुगमन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानुन बमोजिम कारबाही हुने व्यवस्था छ।’

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने व्यवस्था रहेको पनि उसले अवगत गराएको छ।

गत पुस मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको ११३.९३ प्रतिशत निक्षेप,  कुल गार्हस्थ्य उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा सञ्जाल रहेको बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचकहरू स्वस्थ एवं सबल रहेको सिबिफिनले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?