National life

सीता रामको नयाँ प्रोडक्ट स्पेसल मिल्क फर टि एन्ड कफी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
513Shares
सीता रामको नयाँ प्रोडक्ट स्पेसल मिल्क फर टि एन्ड कफी
ncell

काठमाडौं । उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रालिले मिति २०८० फाल्गुण १ गतेबाट बजारमा ‘सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी’ भित्राएको छ ।

प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ, तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने भएका छन् ।

सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रा.लिको भनाई छ ।

Royal Enfield
nic asia capital
चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो ।

सीताराम गोकुल मिल्क्स प्रा.लि.ले विगत २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ्मा पनि उपलब्ध गराइन्छन् ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?