काठमाडौँ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
पुस ६ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।



































