काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।

































