काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपाली बजारमा निरन्तर घटिरहेको सुनचाँदीको मूल्यले आज पनि निरन्तरता पाएको छ ।
नेपाली बजारमा आज सुनको मूल्य एकै दिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको हो ।
सुनचाँदीको मूल्य घट्ने ट्रम्पको जीत बाहेक अन्य कारण नरहेको कारण पुनः बढेर जाने नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीको भनाई छ ।



































