National life

सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
569Shares
सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । घरेलु बजारमा सुनको मूल्यले आज फेरि नयाँ बिन्दु कायम गरेको छ । आज प्रतितोला १ लाख ८० को आँकडा पार गरेको छ। आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

Royal Enfield
nic asia capital
यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो ।

https://aarthikvoice.com/archives/59002

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य यो दिन २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

अमेरिकाले विश्वका विभिन्न देशहरूमाथि भन्सार शुल्क घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?