काठमाडौँ । कारोबार साताको दोस्रो दिन आज सुनचाँदीको भाउमा अंकको बृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबारका दिन भने ३ सय रुपैयाँले बढेको हो ।
https://aarthikvoice.com/archives/26765
यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ।
यस दिन चाँदि प्रतितोला १ हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ रहेको जानकारी दिएको छ।



































