काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन १२ सय रुपैयाँले बढेको सुनको मूल्य आज १३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ।



































