काठमाडौँ । साताको दोस्रो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सोमबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केही साता यता सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ ।
































