National life
cg eloctronics

सुप्रिम सहकारी पीडितको प्रश्न- भन्देऊ रवि दाइ जीवी राई खोइ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
524Shares
सुप्रिम सहकारी पीडितको प्रश्न- भन्देऊ रवि दाइ जीवी राई खोइ ?
ncell

काठमाडौँ । बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरूले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’,‘जीबी राई खोइ ? भन्देऊ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका रचनात्मक प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको रकम गैर कानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा २ करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएका पनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए। सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने  प्रदर्शनकारीले आरोप लगाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी अनुसन्धानअनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको छ भने लामिछानेले सहकारीबाट गैर कानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ । लामिछानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नं.०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुप्रिम सहकारी पीडितको प्रश्न- भन्देऊ रवि दाइ जीवी राई खोइ ? | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस