काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना रहेको दशौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ आजदेखि सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए ।
आगामी वैशाख २९ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालसँगै चीन, बंगलादेश तथा टर्कीका कम्पनीहरूको सहभागिता रहेको छ । मेलामा तयारी पोशाक, लत्ताकपडा, खाद्यान्न, मरमसाला, प्राविधिक उपकरण लगायत विभिन्न वस्तु तथा सेवाका १२० वटा स्टल राखिएका छन् ।






































