National life

सुर्तीजन्य पदार्थ तेस्रो पटकसम्म बेचेको पाइएमा पसल बन्द गर्ने महानगरको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
603Shares
सुर्तीजन्य पदार्थ तेस्रो पटकसम्म बेचेको पाइएमा पसल बन्द गर्ने महानगरको चेतावनी
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट महानगरभित्र सुर्तीजन्य पदार्थको बेचबिखन तथा सार्वजनिक स्थलमा धुमपान गर्न प्रतिबन्ध लगाएको छ ।

महानगरले यो नियम लागु गरेसँगै पालना भए र नभएको अनुगमनका लागि विभिन्न ४ ठाउँमा र केन्द्रमा गरी ५० जना नगर प्रहरीलाई खटाएर निगरानी गर्ने जनाएको छ ।

बुधवार महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा सुर्ती सेवनको निमित्त बनाइएका कच्चा सुर्ती, खैनी, गुट्खाजस्ता सबै पदार्थहरूलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको जनाइएको थियो। त्यस्तै, धुमपानको सन्दर्भमा पनि सार्वजनिक स्थलको एक सय मिटर वरिपरि बेच्न र सेवन गर्न पनि प्रतिबन्ध गरिएको महानगरले जनाएको छ ।

Royal Enfield
nic asia capital

पसलबाट सुर्तीजन्य पदार्थ पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पाइएमा पसल नै बन्द गरिने महानगरले जनाएको छ ।धुमपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने तथा सार्वजनिक स्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइएमा जफत गरी बन्द गरिने महानगरले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?