काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २७ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले केही संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त खरिद गर्न चाहने इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले लिन चाहेको सेयर सङ्ख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ ।

































