National life
cg eloctronics

सूर्योदय वोमी लघुवित्तको खुद नाफामा उछाल, अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
641Shares
सूर्योदय वोमी लघुवित्तको खुद नाफामा उछाल, अधिकांश सूचकमा प्रगति
muktinatha bikash bank

काठमाडौँ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको सोही अवधिसम्म २ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको खुद नाफा २४३ प्रतिशतले बढेको हो। कम्पनीको सञ्चालन नाफा पनि ३ करोड २७ लाख रुपैयाँबाट उही प्रतिशतले बढेर ११ करोड २४ लाख रुपैयाँ पुगेको छ। यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ८७ लाख रुपैयाँबाट २८ प्रतिशत भन्दा बढीले वृद्धि भएर ४८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ७९ लाख रुपैयाँ र रिजर्भमा ४० करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ। ५ अर्ब १० करोड रुपैयाँ सापटी लिएको कम्पनीले ११ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ५ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३६ पैसाबाट बढेर ९ रुपैयाँ ४८ पैसा पुग्दा प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १६ पैसा छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) ३ करोड ४६ लाख रुपैयाँ रहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?