National life
cg eloctronics

सेयर बजारमा भइरहेका अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्न सेबोन अध्यक्ष श्रेष्ठलाई ज्ञापन पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० जेठ २०८२, मङ्गलबार
647Shares
सेयर बजारमा भइरहेका अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्न सेबोन अध्यक्ष श्रेष्ठलाई ज्ञापन पत्र
muktinatha bikash bank

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेर तीन लगानीकर्ता संघले ज्ञापन पत्र बुझाएको छ। शेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरूले अध्यक्ष श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

तीन लगानीकर्ता संघले संयुक्त रूपमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ 'नेपाल धितोपत्र बोर्डमा अध्यक्षले पदभार ग्रहण गरेसँगै पुँजी बजारमा सुधार ल्याउने उद्देश्यले विभिन्न नीतिगत पहलहरू सुरु भएको सन्दर्भमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनमार्फत पुँजी बजारको दिगो विकास गर्न प्रतिबद्धता जनाइएको छ, जसले बजारमा स्थायित्व र लगानीकर्ताको विश्वासलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल बोर्डमा रहेका कम्पनीको आईपीओ प्रस्तावमध्ये अधिकांश कम्पनीहरू लेखा समितिको निर्देशन अनुसार नेटवर्थ ९० भन्दा कम भएको कम्पनीहरूको प्रस्ताव पुनरावलोकन गर्ने र आईपीओ प्रक्रियालाई पारदर्शी बनाउने पहल भएको छ जुन स्वागतयोग्य छ। हाइड्रोपावर कम्पनीको संस्थापक सेयरधनीहरुले आयोजना सम्पन्न नहुँदै सेयर बिक्री गर्ने प्रवृत्तिमा रोक लगाने गरी नीति निर्माणको तयारी भएको छ ।

सेयर बजारमा भइरहेका अनैतिक क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने र बजारलाई निष्पक्ष, पारदर्शी तथा सुशासित बनाउने उद्देश्यले काम अघि बढाइएको भन्ने बुझिएको छ । सरकाको सहकार्यमा निजी क्षेत्रको सहभागितामा नयाँ स्टक एक्सेचेन्ज सञ्चालनको यारी पनि प्राथमिकतामा रहेको छ, जसको नियमन र सुपरिवेक्षणको लागि बलियो संयन्त्र निर्माण हुने आशावादी रहेका छौ । यी सबै पहलहरूले नेपालको पुँजी बजारलाई पारदर्शी, दिगो र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि गरेका छौँ ।'

everest bank
यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?