National life

सेयर बजारलाई लक्षित गरेर केन्द्रीय बैंकले लिने गरेको नीति गलत छ : अध्यक्ष ढकाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
574Shares
सेयर बजारलाई लक्षित गरेर केन्द्रीय बैंकले लिने गरेको नीति गलत छ : अध्यक्ष ढकाल
ncell

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर बजारलाई लक्षित गरेर केन्द्रीय बैंकले लिने गरेको नीति गलत रहेको टिप्पणी गरेका छन् । महासंघले बिहीबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले साे टिप्पणी गरेका हुन् ।

अध्यक्ष ढकालले हालसालै राष्ट्र बैंकले ल्याएको संशोधित एकीकृत निर्देशनलाई टालटुले नीतिको संज्ञा दिए । उनले भने, ‘सेयर बजार लक्षित केन्द्रीय बैंकको नीति सही छैन ।

Royal Enfield
nic asia capital
यस्तै टालटुले नीति लिइरह्यौँ भने हामी अझै अप्ठेरोमा पर्ने छौँ।’

उनले सेयर बजार र घरजग्गा नेपालका लागि नचाहिने क्षेत्र हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्नसमेत गरे । राष्ट्र बैंकले बेला–बेला ल्याउने सर्कुरलका कारण निजी क्षेत्रको उत्साहमा ह्रास आएको पनि उनले बताए ।

उनले भने, ‘हिजोका दिनमा कुल ग्रार्हस्थ उत्पादनको ९० प्रतिशत कर्जा गएको र यसको समुचित उपयोग नभएको आरोप निजी क्षेत्रमाथि थोपरिएको छ। लोन सहजै पाउँदा व्यवसायीले पनि सहजै खर्च गरे होलान्। के यसमा व्यवसायीको मात्रै दोष छ त ? त्यसरी प्राप्त सहज लोन सेयर बजार, घरजग्गा र व्यापारमा मात्रै लगानी भयो भने गुनासो सुनिन्छ । के यी क्षेत्र नचाहिने नै हो ? यी क्षेत्रको अर्थतन्त्रमा कुनै योगदान नै छैन ?’

कर्जाको सहज अवस्था हुँदा अन्य क्षेत्रमा लगानीको अवसर नपाएपछि सेयर र घरजग्गामा बढी लगानी हुनु स्वभाविक रहेको उनको तर्क छ । २०४८ सालमा ल्याइएको अर्थतन्त्र सुधार नीति नै अब काम नगर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले प्रधानमन्त्री अध्यक्ष रहने गरी उच्चस्तरीय सुधार आयोग वा त्यस्तै कानुनी हैसियत भएको उच्चस्तरीय संयन्त्र गठन गर्न पनि माग गरे ।

साथै, प्रधानमन्त्री अध्यक्ष हुने सो संयन्त्रमा निजी क्षेत्रका प्रतिनिधिहरुलाई सदस्य बनाइनुपर्ने र राष्ट्र बैंक, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र योजना आयोगलाई त्यसमै राखिनुपर्ने उनले सुझाव दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?