काठमाडौँ । अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ३० पैसा कायम भएको छ । शनिबारदेखि अमेरिकी डलर यही भाउमा कारोबार हुदै आएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा रहेको छ भने खरिददर १५३ रुपैयाँ ३१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ १५ पैसा र खरिद दर १८१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९८ रुपैयाँ २२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।






































