National life

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
576Shares
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट
ncell

काठमाडौँ। प्रभु बैंक लिमिटेडका ग्राहकहरूका लागि स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ।

सो समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र स्काइवाकका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

Royal Enfield
nic asia capital
आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य बैंकले यस्तो समझदारी गरेको हो ।

बैंकका ग्राहक तथा कर्मचारीहरु यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् । यस सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ।

बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेस्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरू लगायत अन्य व्यापारिक हिकाइहरूमा समेत भएको हो।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गरी मनोरजंन लिन सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?