National life

हरित लगानीसम्बन्धी कार्यविधि ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
505Shares
हरित लगानीसम्बन्धी कार्यविधि ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ जारी
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरित लगानीसम्बन्धी कार्यविधि ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई निर्देशन दिएको हो । उक्त मार्गदर्शनले वित्तीय क्षेत्रका प्रमुख नियामकहरू नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, नेपाल धितो पत्र बोर्ड र अर्थ मन्त्रालयलाई समेत ट्याक्सोनोमीभित्र आबद्ध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जलवायु परिवर्तनको सामना गर्न निजी र सार्वजनिक वित्तको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै समर्पित हरित वित्त वर्गीकरण अपनाउनु महत्वपूर्ण भएकाेले ग्रीन फाइनान्स ट्याक्सोनोमी जारी गरिएकाे केन्द्रीय बैंकको भनाइ छ ।

यसले हरित बन्ड, जलवायु जोखिम प्रतिवेदन, र वित्तीय क्षेत्रको पूँजी आवश्यकताहरूलाई सहज बनाउने राष्ट्र बैंकले विश्वास लिएकाे छ ।

ट्याक्सोनोमी जारी गर्नुको प्रमुख उद्देश्य जलवायु परिवर्तन अनुकुलन, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रण, प्राकृतिक स्रोत तथा साधनको संरक्षण तथा व्यवस्थापन र प्रदूषण नियन्त्रणलगायतका रहेको केन्द्रीय बैंकले जनाएको छ।

साथै, कृषि र वन, ऊर्जा र जलस्रोतहरू, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापनलगायत क्षेत्रहरूलाई लक्षित क्षेत्र बनाइएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/10/Nepal-Green-Finance-Taxonomy-2024.pdf"]

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?