काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको समीक्षा अवधिको तुलनामा २५१.३२ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको नाफा २१ करोड ४ लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ७४ करोड ४१ लाखबाट बढेर ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।
३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३२ रुपैयाँ ८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ८९ पैसा छ ।






































