National life

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस दर निर्धारण, कुन बीमालेखमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
462Shares
हिमालयन लाइफ इन्स्योरेन्सको बोनस दर निर्धारण, कुन बीमालेखमा कति ?
ncell

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को लागि हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ।

कम्पनीले आज सार्वजनिक गरेको एक सूचना अनुसार  नेपाल बीमा प्राधिकरणले २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकन सम्बन्धी बीमाङकीय प्रतिवेदन २०८१ असोज ७ गते स्वीकृत गरे अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनस दर कायम हुने उल्लेख गरेको छ ।

उक्त सूचना अनुसार कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।

कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP,PSB & PSW) ९ वर्षे अवधिका लागि २७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६४ रुपैयाँ बोनस दर कायम गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले सावधिक बीमालेख नौ वर्षे अवधिका लागि २७ देखि ६४ रुपैयाँ बोनस दर कायम गरेको छ।  यसैगरी, सावधिक तथा आजीवन बीमालेखतर्फ ३६ रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ।

साथै, अग्रिम भुक्तानी सावधिक बीमालेखतर्फ ८६ रुपैयाँसम्म बोनस दर कायम छ । जीवन उपहार बीमालेखतर्फ ३२ रुपैयाँ बोनस दर कायम छ भने सावधिक जीवन बीमालेखतर्फ भने ७६ रुपैयाँसम्म बोनस दर कायम छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखतर्फ ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।  यसैगरी, अग्रिम भुक्तानी सावधिकतर्फ४६ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ ।

त्यस्तै वार्षिक नगद फिर्ता बीमालेखतर्फ४१ रुपैयाँ बोनस दर कायम छ ।  सुरक्षित भविष्य जीवन बीमालेखतर्फ भने३५ रुपैयाँसम्म बोनस दर कायम छ । सार्वजनिक सूचना अनुसार सुरक्षित भविष्य जीवन बीमातर्फ भने ३५ रुपैयाँ बोनस दर कायम छ । जीवन रक्षक बीमालेखतर्फ भने ७० रुपैयाँ बोनस दर कायम छ । त्यस्तै सावधिक तथा बालबच्चा सावधिक बीमालेखतफ ३३ रुपैयाँदेखि७५ रुपैयाँ कायम छ ।

उता सीमित भुक्तानी जीवन बीमा योजनातर्फ भने कम्पनीले ३० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ बोनस दर कायम गरेको छ ।त्यस्तै कम्पनीले सीमित  भुक्तानी बीमा लेखतर्फ भने ३३ रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?