National life
cg eloctronics

‘हो म गर्वका साथ भन्छु-सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो’ : सभापति अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
523Shares
‘हो म गर्वका साथ भन्छु-सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो’ : सभापति अर्याल
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिएका छन्।

शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले उक्त कम्पनी आफ्नो नाममा रहेको भए पनि भिजिट भिसाको माध्यमबाट मान्छे पठाएको कुरा अस्वीकार गरे ।

उनले सांसद खतिवडाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे । शनिवारको सभाको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बै रुपैयाँ असुल गरेको दाबी आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्यालले भिजिट भिसाको नाममा भएको बदमासीविरुद्धको आन्दोलनबाट पछि नहट्ने पनि जिकिर गरे । उनले भने ‘सभामुख महोदय कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्‍यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ । हाम्रो आन्दोलन जारी छ । निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ ।’

‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?’ खतिवडाले भनेका थिए, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ।’

उनले मन्त्रीको पिए बसेर भिजिट भिसामार्फत तस्करी गरेर जेल बसेकाहरू समेत यही संसदमा रहेको टिप्पणी समेत गरे । आइतबार खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’

आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए । ‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौँ,’ अर्यालले छेडखान गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?