National life

१ अर्ब बजेट रहेको स्टार्टअप उद्यम कर्जाका लागि १३१४ वटा परियोजना छनोटमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
460Shares
१ अर्ब बजेट रहेको स्टार्टअप उद्यम कर्जाका लागि १३१४ वटा परियोजना छनोटमा
ncell

काठमाडौँ। स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेका १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट भएका छन् ।

औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो ।

उक्त अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले प्रकाशित गरेको सूचनामा उल्लेख छ । प्रतिष्ठानका अनुसार यस वर्ष उक्त कार्यक्रमको बजेट १ अर्ब रुपैयाँको रहेको र जसबाट बढीमा ६०० जनालाई कर्जा दिने योजना रहेको छ ।

Royal Enfield
nic asia capital

यो वर्ष पनि उद्यमीले छानिएका परियोजनाका लागि बढीमा २५ लाख रुपैयाँ कर्जा पाउनेछन् । सरकारले उद्यमीले पेस गरेका योग्य परियोजना धितो राखेर यस्तो कर्जा उपलब्ध गराउँदै आएको छ ।

प्रतिष्ठानले स्टार्टअप सहुलियतपूर्ण कर्जाका लागि आवेदन गरेका ५ हजार बढी आवेदक मध्येबाट कृषि, उद्योग, व्यापार, प्रविधि, प्रशिक्षण केन्द्र लगायतका परियोजनाहरूलाई छनौट गरेको देखिएको छ ।

आवेदन गरेकामध्ये कार्यविधिअनुसार योग्यतामा नपरेका, नवीन प्रविधि एवम् सोचको प्रयोग नदेखिएको, दर्ता नभएका लगायतका कारणले धेरै आवेदक सर्ट लिस्टमा नपरेको प्रतिष्ठानले जनाएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/01/प्रारम्भिक-सूची-20810919-For-Website.pdf"]

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?