National life

१ लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम  सहित १९ वर्षीय युवति पक्राउ 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
515Shares
१ लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम  सहित १९ वर्षीय युवति पक्राउ 
ncell

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित १ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले रहेकी छिन्। गोलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी थिइन्।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५०० दरका २६० थान, २०० दरका ४१ थान, १०० दरका १०८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र ५०० दरका ९ थान, २०० दरका ३ थान, १०० दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरिएको हो।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?