National life

४ करोड ३६ लाख ५० हजार अवैध मूल्यको कोकिन सहित अन्तर्राष्ट्रिय गिरोह पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
452Shares
४ करोड ३६ लाख ५० हजार अवैध मूल्यको कोकिन सहित अन्तर्राष्ट्रिय गिरोह पक्राउ
ncell

काठमाडौँ। नेपाल प्रहरीले लागु औषध कोकिन ओसारपसारमा संलग्न रहेका अन्तर्राष्ट्रिय गिरोहका २ जना सदस्यलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ परेको दुवै जना ब्राजिलियन नागरिक रहेको लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।

ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस पक्राउ परेका हुन् । उनीहरूको साथबाट कुल १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्कीका अनुसार विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको  निगरानी गर्ने क्रममा  उनीहरूलाई पक्राउ गर्न सकिएको भनाइ छ ।

चैत १३ गते काठमाडौँको ठमेलको  एक होटेलमा  लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको समेत थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट  कोकिन १ किलो ३९० ग्राम बरामद भएको कार्कीले बताए ।

निजहरूको पेटमा  थप क्याप्सुलहरू हुनसक्ने आशंकामा दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा  लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीको भनाई छ । कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर पर्न आउने प्रहरीको भनाइ छ ।

उनीहरू दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाउँदै नेपालमा तस्करी गर्ने खुलेको छ । दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई  थप अनुसन्धान भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?