National life
cg eloctronics

४ महिनाको अवधिमा सरकारको खर्च ३५५ अर्ब ६३ करोड , कुन शिर्षकमा कति खर्च ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
786Shares
४ महिनाको अवधिमा सरकारको खर्च ३५५ अर्ब ६३ करोड , कुन शिर्षकमा कति खर्च ?
muktinatha bikash bank

काठमाडौँ । चार महिनाको अवधिमा सरकारले ३५५ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेर सकेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी रिपोर्टअनुसार चार महिनामा नेपाल सरकारको कुल खर्च रु.३५५ अर्ब ६३ करोड भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा २३.३ प्रतिशतले बृद्धि भएको छ ।  चालु खर्च रु २७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु २९ अर्ब ९९ करोड वित्तीय व्यवस्था खर्च रु ५४ अर्ब ४७ करोड रहेको छ ।

यस्तै सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर) रु २७६ अर्ब ६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व ३.० प्रतिशतले बढेको बैंकले जनाएको छ ।

everest bank

यस अन्तर्गत कर राजस्व रु २५४ अर्ब ३० करोड र गैर कर राजस्व रु २२ अर्ब ३४ करोड परिचालन भएको छ । यस्तै कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु १५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

२०८० असार मसान्तमा यस्तो मौज्दात रु ७१ अर्ब ९८ करोड रहेको बैंकको भनाइ छ। यसै गरी प्रदेश सरकारहरूको कुल खर्च रु २३ अर्ब ७६ करोड र स्रोत परिचालन रु ४३ अर्ब ३३ करोड रहेको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु ३० अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १३ अर्ब ३१ करोड रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?