बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासमा ५ दशमलव ४ प्रतिशतले बढेको छ । त्यहाँको सरकारले बुधबार जारी गरेको तथ्याङ्कले अपेक्षा गरिएको भन्दा बढी वृद्धि दर देखाएको हो ।
वर्षको जनवरीदेखि मार्चको बीचमा चिनियाँ अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अधिकांश अर्थशास्त्रीहरूको अनुमान थियो ।
चीन र अमेरिकाबीच व्यापार युद्ध भड्किँदै गइरहेकोले वर्षको बाँकी अवधिमा भने आर्थिक वृद्धिको परिदृश्य धमिलो देखिएको छ । पहिलो त्रैमासमा अमेरिकामा भित्रिने चिनियाँ सामानमाथिको अतिरिक्त भन्सार महसुल १० प्रतिशत थियो ।
दोस्रो त्रैमासको सुरुमा यो बढेर १४५ प्रतिशतमा पुगेको छ । यस्तोमा सरकारले पनि आर्थिक गतिविधिलाई प्रोत्साहन दिने र महँगीलाई भर्पाई गर्ने गरी थप स्टिमुलस कार्यक्रम ल्याउने दबाब बढेको छ ।




































