काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। गत आवको साउनदेखि चालु असारसम्म ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको हो ।
जस अनुसार स्वीकृति प्रणालीबाट ६० अर्ब ३५ करोड तथा स्वचालित प्रणालीबाट ४ अर्ब ६१ करोड गरी कुल ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । ८४० उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनएको छ ।
विभागका अनुसार प्रमाणीकरण प्रणालीबाट एक वर्षमा ३८९ उद्योगका लागि ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो। त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ४५१ उद्योगका लागि ४ अर्ब ६ करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको हो ।

































