National life

आज कृषि विकास बैंक सहित यी कम्पनीको लाभांश शुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
1.1kShares
आज कृषि विकास बैंक सहित यी कम्पनीको लाभांश शुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक सहित ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

आज मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,कृषि विकास बैंक,महालक्ष्मी विकास बैंक, आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।

यी कम्पनीहरूले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गदैछन्।  आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिलिमे जलविद्युत कम्पनीले पनि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि समेत० गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

कृषि विकास बैंकले गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यस्तै महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

मितेरी डेभलपमेन्ट बैंकले पनि सेयरधनीहरुलाई ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १०.००८३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

छिमेक लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद (करसहित) लाभांश प्रदान गर्ने भएको छ । आत्मनिर्भर लघुवित्तले आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र ०.७३८५ प्रतिशत नगद लाभांश  गरी कुल १४.७३८५ प्रतिशत लाभांशको घोषणा भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?