National life

आज यी ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
1KShares
आज यी ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
ncell

काठमाडौँ। आज ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजका दिन महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिंगटी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस ७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महालक्ष्मी विकास बैंकले पुस २१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको कर्पोरेट भवन बनाउनका लागि आवश्यक जग्गा वा भवन खरिद गर्ने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते, शनिबार, होटल भिष्वा, वीरगंजमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

तारागाउँ रिजेन्सी होटल्सले पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सिंगटी हाइड्रो इनर्जीले पुस २१ गते, सोमबार, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आयोजनाको सम्बन्धमा अध्ययन गरी लगानी गर्ने तथा लगानी गर्ने आयोजनाहरुमा कर्पोरेट बैंक ग्यारेन्टी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते, अम्रपाली बैंकेट, भाटभटेनी, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?