काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा.लि.बिच एक सम्झौता भएको छ । बैङ्क र हब इन्टरनेशनल एजुकेशनबिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरूपमा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा। लि।का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैङ्कले हब इन्टरनेशनल एजुकेशनले सिफारिस गरेका विद्यार्थीहरूलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरूपमा प्रवाह गर्नेछ ।
हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरण सहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिनेछ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।































