National life

चाबहिलस्थित पशुपति क्याम्पसमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
556Shares
चाबहिलस्थित पशुपति क्याम्पसमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर
ncell

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँ महानगरपालिको वडा नं-७ चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैङ्कले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैङ्कका एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टरहरूको सङ्ख्या ६५ पुगेको छ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैङ्किङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैङ्किङ सेवाहरू उपलब्ध हुने बैङ्कले जनाएको छ।

Royal Enfield
nic asia capital

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?