National life

घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट, कस्ता आवेदकले पाए सेयर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
596Shares
घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट, कस्ता आवेदकले पाए सेयर ?
ncell

काठमाडौं । घलेम्दी हाइड्रोपावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। सोही लिलामी सेयर बुधबार (फागुन २ गते) बाँडफाँट गरिएको हो।

जसमा न्यूनतम १५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आइतबार (फागुन ६ गते) बाट फिर्ता दिन सुरु गर्ने जनाएको छ।

यसअघि कम्पनीले मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?