National life

घलेम्दी हाइड्रोपावरको ३२ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला हुँदै आवेदन कहाँ दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
656Shares
घलेम्दी हाइड्रोपावरको ३२ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला हुँदै आवेदन कहाँ दिने ?
ncell

काठमाडौं । घलेम्दी हाइड्रोपावरले भोली अर्थात मंगलबार (माघ ९ गते) देखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लिलामी शेयर बिक्रीमा आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

लिलामी सेयरमा मुक्तिनाथ क्यापिटल लिमिटेड प्रधान कार्यालय नाराणचौर नक्साल काठमाडौं तथा मुक्तिनाथ विकाश बैंक लिमिटेड्का विभिन्न शाखाबाट आवेदन सकिने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?