काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडले १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
असोज १२ गते शनिवार दिन बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयर धनीलाई लाभांशको प्रस्ताव गरेको छ।
बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएसँगै शेयर धनीको खातामा जम्मा हुनेछ ।
कम्पनीले कार्तिक ११ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।






































