National life

ललितपुरमा बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोको आयोजना हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
669Shares
ललितपुरमा बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोको आयोजना हुने
ncell

काठमाडाैँ । ललितपुरको जाउलाखेल फुटबल ग्राउण्डमा माघ ५ गते आयोजना हुने "बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो" को सम्पूर्ण तयारी पूरा भएको छ। केनेल क्लब अफ नेपालद्वारा आयोजित यो प्रतियोगिताले नेपालमा कुकुरको उच्च गुणस्तरका नस्लहरूको संरक्षण र प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

यस सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न पक्षबारे जानकारी गराइएको थियो। "बाइरो डग फुड" का तर्फबाट प्रायोजक सुरेश शाहले यस्तो प्रतियोगिताले कुकुर पालकहरूलाई प्रोत्साहन गर्नुका साथै उच्च गुणस्तरका नस्लहरूको उत्पादनलाई सहयोग पुर्‍याउने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले "बाइरो डग फुड" ले वर्ल्ड ब्रान्डिङ अवार्ड अन्तर्गत ‘एवार्ड अफ द इयर’ जितेको स्मरण गराउँदै यसको गुणस्तरबारे पनि जानकारी गराए।

कार्यक्रमको आधिकारिक साझेदार मुनाभेट फार्माका प्रतिनिधि रामप्रसाद न्यौपानेले पशु स्वास्थ्य र व्यवस्थापनका क्षेत्रमा आफूहरू सक्रिय रहेको जनाउँदै यस्तो डग शोमा सहभागी हुन पाउँदा खुशी लागेको बताए।

डग शोको संयोजक वैशाली डंगोलले यस पटकको च्याम्पियनसिप शोले डिजिटल मार्केटिङको माध्यमबाट धेरै दर्शक र सहभागीहरूसम्म पुग्न सफल भएको बताइन्। उनले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र यसले सहभागी कुकुरहरूको नस्ल, स्वास्थ्य, र उत्पादन क्षमताबारे विस्तृत मूल्याङ्कन गर्ने लक्ष्य राखेको जानकारी दिइन्।

ब्रिड निर्णायक सञ्जय गुरुङले वर्ल्ड केनेल युनियनका मापदण्डअनुसार सहभागी कुकुरहरूको मूल्याङ्कन गरिने बताए। यस प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, ल्याब्रोडर, सेन्ट बनोर्ड, र पोमेरिनियन लगायतका विभिन्न प्रजातिका कुकुरहरूले भाग लिनेछन्। सहभागी कुकुरहरूका लागि अनिवार्य रूपमा भ्याक्सिन गराइएको हुनुपर्ने आयोजकहरूले स्पष्ट पारेका छन्।

यस प्रकारको प्रतियोगिता विश्वव्यापी रूपमा सन् १७७३ मा सुरु भएको इतिहास रहेको छ। नेपालमा यस्ता प्रतियोगिताहरूको निरन्तरता पशुपालन व्यवसायको प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिन्छ। केनेल क्लब अफ नेपालका सचिव विवेश श्रेष्ठका अनुसार अघिल्लो दुई संस्करणको तुलनामा यस पटकका शोमा सहभागी कुकुरहरूको संख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ।

यो च्याम्पियनसिपले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा गुणस्तरीय नस्लका कुकुरहरूको उत्पादनमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास आयोजकहरूको रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?