काठमाडौँ । सन नेपाल लाइफ इन्स्योेरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले लुम्विनी प्रदेशका करिब २०० जना मार्केटिङ म्यानेजरहरू सहित शुक्र र चन्द्र क्लबमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए।
सिइओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहानालाई सम्बोधन गर्न आपतमा राहत दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आबद्ध सम्पूर्ण अभिकर्ताहरूलाई दृढ विश्वासका साथ थप सशक्त भएर अघि बढ्न प्रेरित गरेका हुन।
अर्यालले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधैँ एक कदम अगाडि रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रूपमा मेहनत गर्दा यही पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए। चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रीकलाको विषयमा उत्पेरणामूलक प्रशिक्षण प्रदान गरेका हु ।
उनले सन नेपाल लाइफले ल्याएको विभिन्न विजनेस क्लबहरूको विषयमा जानकारी दिँदै कसरी ती क्लबहरूमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिँदै यस प्रदेशबाट शुक्र र चन्द्र क्लबमा पर्न सफल मार्केटिङ म्यानेजरलाई बधाई तथा शुभकामना समेत दिएका थिए ।

अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ म्यानेजर म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दूरदर्शी सोँच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रूपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताएका छन्।
उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ म्यानेजरहरूलाई गरेको सम्मानले थप ऊर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गरेका छन् ।
चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रवन्धक, कर्मचारी लगायत २०० भन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति रहेको थियो ।





































