National life
cg eloctronics

सातौँ चरणको 'चेम्बर एक्स्पो २०२४' सञ्चालन हुँदै, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० फागुन २०८०, आइतबार
1.2kShares
सातौँ चरणको 'चेम्बर एक्स्पो २०२४' सञ्चालन हुँदै, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
muktinatha bikash bank

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ''चेम्बर एक्स्पो २०२४'' भृकुटीमण्डप, काठमाडौँमा फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने भएको छ।

पत्रकार सम्मेलन गर्दै चेम्बर अफ कमर्सले स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण अभिवृद्धि गर्ने उद्देश्यका साथ चेम्बर एक्स्पो आयोजना गर्न लागेको बताएको छ ।

चेम्बर एक्स्पोमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास राखिएको आयोजक संस्थाको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रदर्शनीमा हस्तकलाका वस्तु, घर-जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।

नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रूपमा एन सेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यसै गरी अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क तथा लोयल्टी पार्टनरका रूपमा भ्बचल क्ष्पपब रहेका छन् ।

साथै उक्त मेलामा इन्डियन चेम्बर अफ कमर्शको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुनेछ । एक्स्पोमा नेपालमा रहेको रुसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने लक्ष्य लिएको छ।

everest bank

प्रदर्शनीमा अग्नि सुरक्षा उपकरणको सहयोग हिटको प्रा.ली.ले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालीले गरेको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?