National life

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच पाँचवर्षे रणनीतिक सहकार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.2kShares
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच पाँचवर्षे रणनीतिक सहकार्य
ncell

काठमाडौं - नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले पाँचवर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानीकर्ता तथा नीतिनिर्माताबीच समन्वय बढाउँदै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहकार्यअन्तर्गत विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता विकास, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासलगायतका काम गरिनेछ ।

समझदारीअनुसार चेम्बरले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गरी संयुक्त कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नेछ । त्यस्तै, बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति कार्यक्रम स्थापना गर्ने र उद्योग क्षेत्रका अनुभवी व्यवसायीलाई विश्वविद्यालयमा अतिथि वक्ताका रूपमा जोड्ने व्यवस्था गरिएको छ ।

बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने तथा उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नेछ । विश्वविद्यालयले सेमिनार, नीति संवाद तथा सम्मेलन आयोजना गर्नेसमेत जनाएको छ ।

समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वविद्यालयले परम्परागत शिक्षाभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए ।

‘विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो,’ उनले भने, ‘आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ ।’

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?