काठमाडौं । हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना निष्कासन गर्ने भएको छ ।
हिमालयन क्यापिटल व्यवस्थापक रहेको क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
क्यापिटलले प्रतिकित्ता १० रुपैयाँको दरले ‘हिमालयन दीर्घकालीन बचत योजना’ को १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो ।































