National life

काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन आह्वान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
634Shares
काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन आह्वान
ncell

काठमाडाैं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको हाे ।

शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ ।

विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?