National life

जेनजी आन्दोलनको असर: हायात रिजेन्सीले सबै कर्मचारी हटायो, १३३ श्रमिक बेरोजगार

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.4kShares
जेनजी आन्दोलनको असर: हायात रिजेन्सीले सबै कर्मचारी हटायो, १३३ श्रमिक बेरोजगार
ncell

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो भौतिक र आर्थिक क्षति व्यहोरेको भन्दै पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं ले आफ्ना सबै कर्मचारी कटौती गर्ने निर्णय गरेको छ।

होटलका महाप्रबन्धक आशीष कुमार द्वारा जारी विज्ञप्ति अनुसार, होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको हो। हायातको यो निर्णय मङ्सिर २२ गतेदेखि लागू हुने बताइएको छ। श्रमिक कटौतीसम्बन्धी सूचना प्रकाशित भएको ३० दिनभित्र निर्णय कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ।

Royal Enfield
nic asia capital

विज्ञप्तिमा भनिएको छ कि, भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण होटललाई ठूलो आर्थिक क्षति पुगेको हो। हाल होटलमा मर्मत तथा पुनर्निर्माणको काम जारी रहेको र यस अवधिमा कुनै आम्दानीको स्रोत नहुने भएकाले गम्भीर आर्थिक चुनौती उत्पन्न भएको उल्लेख छ।

होटलले भनेको छ, “विगत केही महिनायता व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ। आम्दानी शून्य नजिक रहेकाले सञ्चालन खर्च धान्न असम्भव बनेको छ।” जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनामा होटलमा बसिरहेका एक विदेशी पाहुना गम्भीर रूपमा घाइते भई उपचारका क्रममा मृत्यु भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

हायात रिजेन्सीले कर्मचारी कटौतीपछि होटलको संरचना, लगानी पुनर्संरचना र पुनः सञ्चालनका योजना अघि बढाइने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?