National life

राज्यको उपेक्षाले माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०५ माघ २०८२, सोमबार
1.3kShares
राज्यको उपेक्षाले माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा
ncell

झापा । झापाको भद्रपुर- ६ मोतियावारीका विष्णु राजवंशी विगत तीन दशकदेखि माटोसँग खेल्दै देवी-देवताका आकृतिलाई जीवन्त बनाइरहेका छन्। बुबाबाट विरासतमा पाएको मूर्तिकलाको सीपले कुनै समय मेचीदेखि महाकालीसम्म ख्याति कमाएको थियो।

तर, अहिले त्यही कला र पेशा विष्णुका लागि परिवार पाल्ने संघर्षको विषय बनेको छ। आफ्नै उत्पादन अभिषेक मूर्ति उद्योग मार्फत उनी हिन्दू धर्मका विभिन्न पर्व र आदिवासी संस्कृतिका मूर्तिहरू बनाउँछन्, तर बजारमा भारतीय मूर्तिको अनियन्त्रित प्रवेशले उनको व्यवसाय संकटमा परेको छ।

Royal Enfield
nic asia capital

भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता र कमसल मूर्तिको बढ्दो चापले स्वदेशी कलाकारको श्रमको अवमूल्यन भएको राजवंशीको गुनासो छ। सीमापारिका व्यापारी गाउँ-गाउँमै पुगेर मूर्ति बेच्न थालेपछि स्थानीय ग्राहकहरू उतै आकर्षित हुने गरेका छन्।

'आफ्नो उत्पादन भारतीयभन्दा सस्तो हुँदाहुँदै पनि प्रचारको अभाव र अवैध आयातले स्वदेशी कलाकार भोकै मर्नुपर्ने अवस्था आएको छ' उनी पीडा पोख्छन्। माटो र सिमेन्ट दुवै माध्यमबाट उत्कृष्ट मूर्ति बनाउन सक्ने उनीसँग सीप भए पनि राज्यको उपेक्षाले यो परम्परागत पेशा नै हराउने खतरा बढेको छ।

मूर्तिकलाका अतिरिक्त राजवंशी सामाजिक र राजनीतिक रूपमा पनि उत्तिकै सचेत छन्। भद्रपुरलाई भ्रष्टाचारमुक्त सहर बनाउने अभियानमा सक्रिय उनी सघन सहरी विकासका गुणस्तरहीन कामविरुद्ध निरन्तर आवाज उठाउँछन्।

पैसा र पहुँचको भरमा राज्य चल्दासम्म गणतन्त्रले सर्वहारा वर्गलाई छुन नसक्ने उनको ठम्याइ छ। युवापुस्ताले स्वदेशमै श्रमको महत्व बुझ्नुपर्नेमा जोड दिने राजवंशी आफ्नो सीप अरूलाई सिकाउन तयार भए पनि सिक्न चाहने कोही नहुँदा चिन्तित देखिन्छन्।

एकातिर बजारको अतिक्रमण र अर्कोतिर नयाँ पुस्ताको अनिच्छाले पुस्तौँदेखि चल्दै आएको यो कला अब इतिहासमा मात्र सीमित हुने डर बढेको छ।

स्वदेशी श्रम र सीपको संरक्षणका लागि ठोस सरकारी नीति नआए माटोसँग जोडिएको भद्रपुरको यो मौलिक पहिचान सदाका लागि मेटिन सक्ने राजवंशी बताउँछन्। - रासस

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?