National life

श्रमिकलाई तोकिएको ज्याला अनिवार्य : उल्लंघन गरे कानुनी कारबाही

उल्लंघन गर्ने पक्षमाथि कारबाही हुने चेतावनी दिएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० असार २०८३, बुधबार
823Shares
श्रमिकलाई तोकिएको ज्याला अनिवार्य : उल्लंघन गरे कानुनी कारबाही
ncell

काठमाडौं । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कदम चाल्ने संकेत गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले न्यूनतम ज्याला कार्यान्वयन नगर्नु कानुनविपरीत हुने स्पष्ट पार्दै उल्लंघन गर्ने पक्षमाथि कारबाही हुने चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सरकारले स्पष्ट मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइरहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार श्रमिकले आफ्नो श्रमअनुसार न्यूनतम ज्याला पाउनु आधारभूत अधिकार हो।

सचिव काफ्लेले श्रमिकलाई काम गरुन्जेल मात्र नभई काम गर्न नसक्ने अवस्थामा पुगेपछि पनि जीवन सुरक्षाको व्यवस्था आवश्यक हुने उल्लेख गरे। त्यसका लागि सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउनेतर्फ सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

उनले श्रमिकको अधिकारलाई मानव अधिकारको महत्वपूर्ण अङ्गका रूपमा लिँदै श्रम क्षेत्रका मापदण्डहरू कार्यान्वयन गर्न कार्ययोजना अनुसार काम भइरहेको जानकारी दिए। साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अधिकार संरक्षणमा पनि सरकार प्रतिबद्ध रहेको उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?