National life

अपि पावरको नाफामा ८६ प्रतिशतले उछाल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.1kShares
अपि पावरको नाफामा ८६ प्रतिशतले उछाल
ncell

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय रूपमा नाफा वृद्धि गरेको छ। कम्पनीको खुद नाफा ६५ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३५ करोड ३४ लाख रुपैयाँको तुलनामा ८६.२९ प्रतिशतले बढी हो।

कम्पनीले समीक्षा अवधिमा ९३ लाख ३६ हजार रुपैयाँ अन्य आम्दानी पनि गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खर्चतर्फ हेर्दा वित्त खर्चमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्ष ४५ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर ३१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। प्रशासनिक खर्च पनि ३ करोड २७ लाख रुपैयाँबाट घटेर २ करोड ३४ लाख रुपैयाँमा झरेको छ। यद्यपि ह्रासकट्टी खर्च भने सामान्य रूपमा बढ्दै ३१ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो। तर वित्तीय आम्दानी भने घट्दै ४ लाख ३८ हजार रुपैयाँबाट १ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ।

६ अर्ब ३७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ६५ करोड ३९ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.७६ रुपैयाँबाट बढेर १३.७६ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ ११५.३२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २५.३० गुणा र तरलता अनुपात ०.२६ प्रतिशत कायम भएको कम्पनीले जनाएको छ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?